प्रेषकले चिठ्ठीपत्र, पार्सल तथा अन्य हुलाक सामग्री पठाँउदा तिुर्नुपर्ने राजस्वको आधिकारिक प्रमाणलाई टिकट भनिन्छ।यो सरकारी छाप भएको विशेष प्रकारको कागज हो।यसमा राष्ट्रको पहिचान, सँस्कृति, इतिहास, प्राकृतिक सम्पदा तथा महत्वपूर्ण व्यक्तित्वहरुको चित्रण गरिएको हुन्छ जसले राष्ट्रिय पहिचानलाई अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने कार्य गर्दछ। यस कार्यालय अन्तर्गतका कार्यालयहरूबाट हुलाक सेवा विभागले जारी गरेका रू. देखि रू.५०० दर सम्मका हुलाक टिकटहरू आवश्यकता अनुसार उपलब्ध हुनेछ।